१५ पुष २०८१, सोमबार

गौरा पर्व शुरु



धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक, सांस्कृतिक पर्व गौरा पर्व सुरु भएको छ। पौराणिककालमा भगवान शिव (महेश्वर)को प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार, नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ। सोही समयदेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा रहँदै आएको पण्डित कृष्णदेव भट्टले बताए।


गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पा“च प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्छन्। गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।
गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफनो घरमा तामा वा पित्तलको भा“डोमा पा“च प्रकारका अन्न भिजाउने गर्छन्। पा“च प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ।
महिलाहरूले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहुर्तमा सामूहिकरुपमा बिरुडा धुन्छन्। सप्तमीका दिन गौरा देवीलाई नजिकका मठ–मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ।

गौरा भित्र्याएर पूजाअर्चना गरी महिलाहरूले दूध र धागो चढाउने गर्छन्। गौराष्टमीका दिन व्रत बसेर महिलाहरू बिहानैदेखि गौराखलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन्। सा“झपख देवीको पूजा गर्ने परम्परा रहेको पुरोहित बताउ“छन्। सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन्।
महिलाले आफनो अटल सौभाग्य समृद्धि, सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता छ।
गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।
बिरुडा भिजाएपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्रयाउ“छन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिएको पण्डित भट्टले बताए।
गौरा भित्रयाइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि लोकसंगीत गाउ“दै आनन्द लिन्छन्।
गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख–सुख तथा मायाप्रेम बा“ड्ने गरिन्छ। गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ।
सुदूरपश्चिमेलीहरूले दसैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउ“छन्। त्यसैले गौरामा एकैछिन भए पनि डेउडामा रमाउन परदेश गएकाहरू पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्।
यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरूबाट गौराका लागि घर फर्किएका छन्। गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ। सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउ“ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

गौरापर्वमा विदा

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारले गौरा पर्वका दिन सार्वजनिक विदा दिने भएको छ । भदौ ६ गते शुक्रबार गौरा पर्व हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै गौरा पर्व’को अवसरमासार्वजनिक विदा दिने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार