१० श्रावण २०८१, बिहीबार

नेकपा संसदीय दलको कार्यालय उद्घाटन



धनगढी । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले निर्माण गरेको नयाँ भवनमा नेकपा संसदीय दलको कार्यालय स्थापना गरिएको छ ।
नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आइतबार सो कार्यालय उद्घाटन गरे ।


सो अवसरमा मुख्यमन्त्री भट्टले प्रदेशको विकासको गति तीब्र बनाउन भौतिक संरचना, कानुनी प्रबन्ध तथा कर्मचारी समायोजन लगायतका काम पुरा भइसकेको चर्चा गरे ।


प्रदेश सभा सचिवालयले गत आर्थिक वर्ष २०७५÷०७६ मा ५० लाख रुपैयाँको लागतमा निर्माण गरेको सो भवनमा दुई वटा कार्यालय कक्ष बनाइएको छ भने एउटा बैठक कक्ष रहेको छ ।
भवनका तीन कोठा मध्ये दुई कोठामा नेकपा संसदीय दलले कार्यालय रहने र एउटामा राजपा संसदीय दलको कार्यालय रहने जनाइएको छ ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालय कैलाली स्वास्थ्य कार्यालयभवनमा नै रहने छ । सो भवनमा तीन वटै संसदीय दलका लागि प्रयोग गरिएका सबै कोठा कांग्रेस संसदीय दलले प्रयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार