३ जेष्ठ २०८१, बिहीबार

रघुनाथ माविमा तालाबन्दी



बौनिया । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ७, घैलाबौनियास्थित रघुनाथ आदर्श माध्यामिक विद्यालयमा तालाबन्दी भएको छ ।


प्राथमिक विद्यालय राहत शिक्षक छनोटमा अनियमिता गरिएको आरोप लगाउ“दै सो पदका लागि आवेदन दिएका उम्मेदवारहरूले तालाबन्दी आइतबार विद्यालयमा तालाबन्दी गरेका छन् ।
विद्यालयको प्रावि राहत कोटाका लागि निवेदन दिएका ११ जना मध्ये आठ जनाले विद्यालयमा तालाबन्दी गरेर पठनपाठन अवरुद्ध गराएका छन् । उनीहरूले परीक्षाअघि नै धनञ्जय जोशीलाई नियुक्ती मिलाइएको र प्रक्रिया पुरा गर्न परीक्षाको नाटक गरेको भन्दै शनिबार परीक्षा बहिस्कार गरेका थिए । उनीहरूले परीक्षा मा सहभागी भएका जोशीले “पहिले नै सेटिङ मिलाएको” भनेको दाबी गरेका छन ।
तालाबन्दी गर्ने मध्येका एक मानबहादुर देउवाले मिलेमतोमा शिक्षक नियुक्ति गर्न साउन २० गते तोकिएको परीक्षा साउन ३२ गते बिहान ८ बजे सारेको र सारिएको समयमा पनि परीक्षा संचालन गर्न आनाकानी गरेको आरोप लगाउ“दै विद्यालय प्रशासनलाई ज्ञापनपत्र दिएर परीक्षा बहिस्कार गरिएको बताए । आठ जनाले परीक्षा बहिस्कार गरे पनि जोशी एक्लैले परीक्षा दिएका थिए ।
विद्यालयका प्रधानाध्यायक बसन्त महताले भने कुनैे मिलेमतो नभई शनिबारको दिन र खराब मौसमका कारण शिक्षा विकास तथा समन्वय ईकाइ धनगढीका प्रमुख प्रतापसिंह धामी र अन्य विषयविज्ञहरूढिलो आइपुगेका कारण सूचना जारी गरेर परीक्षाको समय सारिएकोे बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार