६ पुष २०८१, शनिबार

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम सहित मनाइयो



धनगढी । २० औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार धनगढी लगायत कैलालीका विभिन्न स्थानमा विविध कार्यक्रम भएका छन् ।
युवा दिवसका अवसरमा बृहद रक्तदान, साइकल र्‍याली, अन्तक्र्रिया लगायतका कार्यक्रम भएका छन् ।
यस क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा धनगढी यूवा क्लव र धनगढी जेसिजको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको छ ।
रक्तदान कार्यक्रममा धनगढी उपहानगरपालिका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिकाले बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराइरहेको बताए ।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष नारायण बराल, धनगढी यूवा क्लवका अध्यक्ष मोहन ओझा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

साइकल र्‍याली

त्यस्तै, युवा दिवसका अवसरमा धनगढीमा साईकल र्‍याली भएको छ । धनगढी उपमहानगरपालिको नेतृत्वमा विभिन्न संघसंस्था, कलेज तथा विद्यालय, नेपाल प्रहरीको सहभागितामा साईकल र्‍याली भएको थियो ।
धनगढी उपमहानगरपालिका भवन परिसरबाट शुरु भएको साईकल ¥याली २० किलोमिटरको दुरी पार गरेर समापन भएको थियो ।
साइकल  र्‍याली समापनका अवसरमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले धारणा व्यक्त गरेका थिए ।

अन्तरक्रिया

त्यस्तै, युवा दिवसका अवसरमा सोमबार कैलालीको बर्दगोरिया गाउंपालिका सडकपुर बौनियामा अन्तक्र्रिया भएको छ ।
“सान्दर्भिक समावेशी र समानतामुलक शिक्षाका लागि युवा” नाराका साथ सडकपुर बौनिया युवा क्लवको आयोजना तथा बेस परियोजना स्टेमको सहयोगमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको बर्दगोरिया गाउंपालिका अध्यक्ष बलिराम चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रम क्लवका अध्यक्ष जीवन बिसीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा क्लवका उपाध्यक्ष धिरज शाही, वडाध्यक्ष जयरुप खतिवडा, क्लवका पुर्व अध्यक्ष गणेशराज गिरी, बसन्तमुरारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कु“वर, विद्यालयका सहायक प्रधानाध्यापक राकेश हमाल, बर्दगोरीया धार्मिक पर्यटकीय धाम तथा सांस्कृतिक विकास समितिका सचिव कृष्ण विष्ट, साईनिङ स्टार युवा क्लवका अध्यक्ष मिलन ओली, राजेश सोव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्लवका महासचिव कृष्णप्रसाद ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार