१० श्रावण २०८१, बिहीबार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रभात फेरि



धनगढी । २० औं अन्तर्राष्ट्रिय यूवा दिवसका अवसरमा आईतबार धनगढीमा प्रभातफेरि भएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र यूवा समितिको आयोजनामा प्रभातफेरी निकालिएको थियो ।
उपमहानगरपालिका कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरीसामाजिक विकास मन्त्रालय परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले मन्त्रालयले यूवाहरूका लागि केही काम गर्न खोज्दा केहि मिडियाले आलोचना गरेको गुनासो गरे । उनले भने– हामीले यूवाहरूलाई बिदेशी भाषा सिकाउन खोज्दा आलोचना भयो । भाषा जसको सिकेपनि हुन्छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाप्रमुख नृपबहादुर वडले यूवाहरूलाई उद्यमशिलतामा नलगाए सम्म समृद्धी नआउने बताए ।
सामाजिक विकास मन्त्रालयमा सचिव गोगनबहादुर हमालले यूवाहरूका उद्यमशिलता बढाउन कार्यक्रम सञ्चालन गरिने बताए ।
त्यस्तै, यूवा दिवसको अवसरमा सेती अस्पतालका बिरामीहरूलाई फलफुल समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार