१० श्रावण २०८१, बिहीबार

बाख्रापालनको कमाईबाट सडक ग्राभेल



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का एक किसानले बाख्रा पालनबाट कमाएको रकम सडक ग्राभेल खर्च गरेका छन् ।


किसान हेमबहादुर बिष्टले बाख्रा पालनबाट कमाएको एक लाख २१ हजार रुपैयाँ धनगढी दिपायल फाष्ट ट्रयाक अन्तरगतको धनगढी पिपल चौतरा—स्याउले सडक खण्डको खाल्डाखुल्डी मर्मतमा खर्च गरेको बताइएको छ ।
धनगढी दिपायल फाष्ट ट्रयाक निर्माण सेवा समितिका अध्यक्ष समेत रहेका बिष्टले बाटो मर्मतका लागि प्रदेश र संघ सरकार संग पटकपटक अनुरोध गर्दा पनि सहयोग नपाएको गुनासो गरे । ‘खाल्डाखुल्डीले सडकमा सवारी चलाउन समस्या थियो’ अध्यक्ष बिष्टले भने– अन्त्यमा ग्राभेल सम्याउनका लागि धनगढी उपमहानगरपालिकाले जेसिवी सहयोग ग¥यो र मैले आफ्नो रकम खर्च गरेर २७ ट्रलि ग्राभेलले खाल्डाखुल्डी पुरे ।
बिष्ट नेतृत्वको धनगढी—दिपायल फाष्ट ट्रयाक निर्माण सेवा समितिले सडक निर्माणलाई गति दिनुपर्ने भन्दै २०७५ माघ ५ गतेबाट दवावमुलक संघर्षका कार्यक्रम चलाउदै आएको थियो । उनले भने– धनगढी—दिपायल फाष्ट ट्रयाक निर्माणको जिम्मा पहिले केन्द्र सरकारको थियो, केहि दिनका लागि प्रदेशमा अधिकार आयो र फेरी अहिले केन्द्रमै गएको छ । स्थानीय सरकारले यो आफ्नो मातहतको सडक होईन भन्छ । केन्द्रले प्रदेश र प्रदेशले केन्द्र देखाउछ जसका कारण हामी अन्यौलमा छौं ।
बिष्टले निजी लगानीमा झण्डै छ किलोमिटर सडकका खाल्डाखुल्डी भरान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार