घाेडाघाेडी नगरपालिकाकाे लागि सवारी साधनमा
सुखड । स्थानीय तहको निर्वाचन हुनु पुर्व टिप्पर, जेसीबि, स्करपियो तथा दमकल गरी चार थान र एक थान मोटरसाईकल खरिद गरेको कैलालीको घोडाघोडी नगरपालिकाले गत आर्थिक वर्षमा पनि बिभिन्न सवारी साधनहरु खरिद गरेको छ ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा सवारी साधन खरिद शिर्षकमा ९० लाख रुपैयाँ बिनियोजन गरी १७ थान दुई पाङ्ग्रे र एक थान चार पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । जस अन्र्तग १६ थान मोटर साईकल, १ थान स्कुटी र १ थान स्करपियो गाडी खरिद गरिएको हो । गत आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि समेत २५ लाख रुपैयाँ बिनियोजन गरिएको भएपनि नगर सरकारले एम्बुलेन्स भने खरिद गरेन । जनताको अपरिहार्य र अति आवश्यक पर्ने एम्बुलेन्स खरिदलाई बेवास्था गरी जनप्रतिनिधीहरु सेवा सुबिधा मुखि बनेको भन्दै आलोचना बढ्न थालेको छ । स्करपियो र मोटरसाईकलहरु खरिद गर्ने तर एम्बुलेन्सलाई बेवास्था गर्ने परिपाटीले सरकारका प्रतिनिधीहरुको कार्यशैली तथा जनताको समस्यामा सरकारको गम्भिरता माथि नै प्रश्न उठ्न थालेको छ ।
एम्बुलेन्स खरिदका लागि आफुले नगर सरकारका प्रमुख लगाएतको टोलि संग बारम्बार समन्वय तथा छलफल गर्न खोजेको भएपनि सरकारका प्रतिनिधीहरुले बेवास्था गर्ने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज बुढाले दुखेसो गर्नु भयो । हाल खरिद प्रक्रिया के हुदैछ भन्ने बारे पनि आफुलाई जानकारी नभएको उहाँको भनाई छ । निर्वाचन ताका जनताको सेवक भन्ने ब्यक्तीहरु नै सेवा सुबिधा मुखि बन्ने गरेको तथा नगरपालिकामा ठाडो भ्रष्टचार मौलाएको नेपाली कांग्रेस नगर कार्य समिती घोडाघोडीका कार्यबहाक सभापति बम बहादुर सिंहले बताउनु भयो । जनताका अति आवश्यक बिषयलाई बेवास्ता गरी मनोमानी ढंगबाट स्वार्थ पुर्तीका लागि काम गर्ने तथा बिनियोजित रकम समेत खर्च गर्न नसक्ने जनप्रतिनिधीको कर्यशैली गलत भएको उहाँको भनाई छ ।
यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले भने बिगतका कर्मचारीहरुले समयमै खरिद प्रक्रियाको पहल नगर्दा एम्बुलेन्स खरिद गर्न नसकिएको प्रतिक्रिया दिनु भयो । आफु बैशाख महिना देखी यस पालिका हाजिर भएको र लगत्तै खरिद प्रक्रियामा जादा समेत कम्पनीले असार मसान्त भित्र एम्बुलेन्स उपलब्ध गराउन नसक्ने प्रतिक्रिया दिएको उहाँको भनाई छ । एम्बुलेन्स खरिदका लागि चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बिनियोजन गरी प्राबिधिक ईष्टिमेट समेत तयार भईसकेकाले दशैं÷तिहार सम्म खरिद गरिसक्ने बताईएको छ ।