१० श्रावण २०८१, बिहीबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

अमरगढी नगरपालिका–५ खलंगा खानेपानी ट्ङ्याकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर पल्टिएको हो । दुर्घटनामा भागेश्वर गाउँपालिका–४ रतनी घर भइ डडेल्धुरा सदरमुकाममा बस्ने अन्दाजी २८ वर्षीय सुरेश विष्ट (समीर) रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकभन्दा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए। उनको डडेल्धुरामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको थियो ।

उपचारका लागि बाहिर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् । विष्ट कुमारी बैंक डडेल्धुराका क्रिडिट मेनेजर तथा रेडियो अमरगढी ९७.४ मेगाहर्ज डडेल्धुराका ‘एकाउन्टेन्ट’ समेत रहेका थिए । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार