२२ बैशाख २०८१, शनिबार

धनगढीमा समर म्युजिकल नाईट हुँदै



धनगढी । धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट हुने भएको छ । आयोजकले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती तथा नाचगान सहितको म्युजिकल नाईट हुने जानकारी दिएको छ ।

कार्यक्रम संयोजक दिनेश भण्डारीले नेपाल आईसको मुख्य प्रायोजनमा समर म्युजिकल नाइट हुने बताए ।
म्युजिकल नाइटमा रवि शर्मा, सुमित देउवा, रमेश अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने उनले बताए ।
कार्यक्रममा रिदम व्याण्ड, निराश सनम, सुदूरपश्चिमको ¥यापर समुह, ¥यापर अका उमेश, मिष्टर लोकेश तथा अन्य नृत्य समुहको पनि प्रस्तुति रहने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार