२१ बैशाख २०८१, शुक्रबार

रीयो छमछमी : थम्मन पुगे शिर्ष १२ मा



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरका थम्मन ताडी “टक्की” रियो छमछमी नृत्य प्रतियोगिताको शिर्ष १२ मा पुगेका छन् ।


राष्ट्रव्यापी रुपमा जारी छमछमी प्रतियोगितामा थम्मन सुदूरपश्चिमबाट सहभागी छन् ।
यसैबीच, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले थम्मन सुदूरपश्चिम प्रदेशको सम्भावना रहेकाले सहयोग गर्न सबैसंग आग्रह गरेका छन् ।
थम्मनकी आमा मीना देवी ताडी मंगलबार छोरा थम्मनका लागि सहयोगको आग्रह गर्दै मंगलबार उपमहानगरपालिका पुगेकी थिइन् ।
थम्मनका लागि भोटिङ गर्न मोवाईलको म्यासेज बक्समा गई CC <space >12 टाईप गरि 31009 मा म्यासेज गर्नुपर्ने जनाइएको छ ।
उनलाई भोटिङ गर्ने समय २०६७ साउन १८ गते बेलुकी १० बजेदेखि साउन २३ गते राती १० बजेसम्म रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार