१० श्रावण २०८१, बिहीबार

विद्यार्थी कलौनी हत्या मृत्यु घटना : तीन शिक्षक जेल चलान



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउ“स्थित महाकाली बाल विद्यालयका तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिइएको छ । सो विद्यालयमा अध्ययनरत छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला अदालतले मंगलबार अध्यक्ष, प्रिन्सिपललाई धरौटीमा रिहा गर्न र तीन जना शिक्षकलाई जेल चलान गर्न आदेश दिएको जनाइएको छ ।


दुई दिनसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधिश गोपाल प्रशाद बास्तोला नेतृत्वको एकल इजलासले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन प्रसाद बोहराबाट एक लाख, प्रिन्सिपल यशोदा जोशीबाट तीन लाख रुपैया“ धरौटी असुल्न र तीन शिक्षक लक्ष्मण प्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।
कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले धरौटी र पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको बताए । २५ असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशीसहित तीन शिक्षक विरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को अनुसुची–१ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए ।
शिक्षकले उनलाई मर्ने गरेर कुटपिट नगरेको र अनुशासन सन्तुलन गर्न समान्य दुई झापड मात्रै हानेको बताएका थिए । माधवलाई परिवारको जिम्मा लगाउ“दा स्वास्थ्य अवस्था ठिकै रहेको उनीहरूको भनाई थियो । कुटपिट भएको १२ औ“ दिनमा उनको मृत्यु भएपछि घटना रहस्यमयी भएको शिक्षकको भनाई थियो । १३ असारमा कुटिएका विद्यार्थीको १२ दिनमा मृत्यु भएको थियो, मृत्यु भएको ११ औ“ दिनमा आफन्तले शव बुझेर अन्त्यष्टी गरेका थिए । विद्यार्थी कुटपिट घटनापछि शिक्षक नै जेल गएपछि कञ्चनपुरको शैक्षिक माहोल तरङगित भएको छ ।
माधवले शिक्षकले नै कुटपिट गरेको बताएपछि उनको सुरुमा डडेल्धुराको उप क्षेत्रीय अस्पतालमा उपचार गरिएको थियो । त्यसपछि महाकाली हु“दै नेपालगन्जको शिक्षण अस्पतालमा उपचारपछि भारतको राममूर्तिमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।
बैतडी शिवनाथ गाउ“पालिका–२ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउ“ मामाघरमा बसेर अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार