२ जेष्ठ २०८१, बुधबार

स्तनपान सप्ताह : शारीरिक बनोट बिग्रिने भ्रमले स्तनपान गराउदैनन्, आमाहरू



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुडतोलाकी जस्मा ओलीले शिशुलाई आवश्यकता अनुसारको स्तनपान गराउन नसक्दा उनको छोरामा कडा खालको कुपोषण देखा पर्यो । कुपोषित बालकको उपचारका लागि उनी केही महिनादेखि सेती अञ्चल अस्पतालमा छिन् ।


धनगढीकी मिना जोशीले आफ्नो स्तनमा बच्चाको लागि प्रर्याप्त दुध नआएपछि गाई भैसीको दुध खुवाउन थालिन् । त्यसको कही समयपछि उनको छोरामा पनि कुपोषणको समस्या देखियो ।
पछिल्लो सयम बढिजसो आमाले आफ्नो “शारीरिक बनावट बिग्रीने” भन्दै आफ्ना सन्तानलाई बजारबाट ल्याइएको दुध खुवाउने गरेको पाइन्छ । जसका कारण आमामा स्तन क्यान्सर र शिशुको शारीरिक विकासमा समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरूको भनाई रहेको छ ।
स्तनपान गराउ“दा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरू बताउ“छन् । बच्चालाई दूध चुसाउ“दा आमाको अनुहार बिग्रन्छ भन्ने गलत मानसिकता रहेको पनि चिकित्सकहरूको भनाई छ ।
स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका बहुउपयोगी र अनिवार्य आवश्यकता रहेको डाक्टर प्रतिक्षा सिंह राठौरले बताइन् । उनले शिशु जन्मेको आधा घण्टादेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको स्तनपान गराउनुपर्ने बताइन् ।
नेपाल लगायत विश्वका एक सय ७० बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै अगस्टको पहिलो दिनदेखि विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
एक अध्ययानका अनुसार शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने महिलाको संख्या नेपालमा ५५ प्रतिशत छ भने जन्मेदेखि एक महिनाभित्र स्तनपान गराउनेको संख्या ७९ दशमलव ६ प्रतिशत छ । २ देखि ३ महिनासम्म स्तनपान गराउने ७२ दशमलव २, ४ देखि ५ महिनासम्म स्तनपान गराउने ४० दशमलव ९ र ६ देखि ८ महिनासम्म स्तनपान गराउने महिला ६ प्रतिशत रहेका छन् ।
बढ्दो आधुनिकिकरणका कारण शिशुलाई स्तनपान गराउने महिलाहरूको संख्या घट्दै गएको छ । जसका कारण शिशु र स्वयम महिलाहरूलाई नै खतरा बढीरहेको छ । स्तनपान नगराउ“दा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह, मनोरोगको सम्भावना र शिशुमा कुपोषण र वृद्धि विकासमा समस्या भयावह बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार