१० श्रावण २०८१, बिहीबार

शुक्लाफाँटामा पाटेबाघको संख्या स्थिर



कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या स्थीर रहेको पाईएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको संख्या १६ रहेको छ। गत बर्ष समेत सोही संख्यामा बाघको संख्या निकुञ्जमा रहेको थियो ।

सन् २०१७ मा निकुञ्जमा गणनाका क्रममा १७ वटा वयस्क पाटेबाघ फेला परेका थिए । निकुञ्जमा बाघको बासस्थानमा सुधार, घाँसे मैदान व्यवस्थापन, ताल संरक्षण र आहारा प्रजाती सन्तोषजनक रुपमा रहेकाले बाघको संख्या स्थीर रहेको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडेलले बताए ।
निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्ने भएकाले बाघले सीमावारपार गर्ने भएकाले पनि बाघको संख्या कम देखिएको हुन सक्छ निकुञ्जका मुख्य संरक्षण अधिकृत पौडेलले भने ‘यसलाई बाघको संख्या घटेको भन्न मिल्दैन । क्यामेरा ट्रयापिङमा केही बाघ नदेखिएका पनि हुन सक्छन् ।’ निकुञ्जमा पाटेबाघको चोरी शिकारी भएको निकुञ्जसँग कुनै रेकर्ड छैन ।
प्रत्येक पाँच बर्षमा गरिने बाघ गणनामा सन् २००९ मा गरेको बाघ सर्वेक्षमा शुक्लाफाँटामा बाघको संख्या १० थियो, भने सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच बर्षको अबधिमा ८ देखि १२ को हाराहारीमा रहेको पाटे बाघको संख्या सन् २०१७ मा बढेर १७ पुगेको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु (अनुसूची १) मा पाटेबाघ सूचीकृत रहेको छ । सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ संरक्षणको कार्य गरिदै आएको छ । बाघ गणनाको कार्य भने सन् १९९९ देखि निरन्तर रुपमा प्रतिवर्ष हुँदै आएको छ ।
निकुञ्जको ३०५ बर्ग किलोमिटर क्षेत्र पाटे बाघको मुख्य बासस्थानका रुपमा रहेको छ । सन २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघसम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता गरेको छ । नेपाल भरीमा पाटे बाघको संख्या भने दुई सय ३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार