१० श्रावण २०८१, बिहीबार

छाउपडी कुरीति नियन्त्रणका लागि विशेष योजना



डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउपडी कुरीति अन्त्यका लागि विशेष योजना लागू गरेको छ ।


गाउँपालिकाले छा नबार्ने महिलालाई पुरस्कारस्वरुप तीन हजारदेखि पा“च हजार रुपैयाँसम्म प्रदान गर्ने नीति लागू गरेको छ । गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भने– हामी छाउपडी प्रथा अन्त्य गर्ने योजनामा छौ । त्यसैले छाउ नबार्ने महिलालाई पुरस्कारस्वरुप रकम दिने योजना बनाएका छौं ।
उनले छाउ बार्ने महिलालाई गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधा पनि रोक्ने निर्णय गरिएको बताए ।
छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि छाउपडी प्रथा अन्त्यका लागि नयाँ योजना ल्याइएको गाउ“पालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताए । उनले भने– हामी छाउपडी प्रथा अन्त्य गरेरै छोड्ने प्रयासमा रहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार