२१ बैशाख २०८१, शुक्रबार

प्रेमीको होइन क्यारिएरकै चिन्ता छ : गायिका कार्की



काठमाडौं । सिर्जना कार्की गायन क्षेत्रमा निक्कै स्थापित नाम हो । ओखल ढुंगा जिल्लामा जन्मेकी कार्की खास गरेर पप–आधुनिक गायिकाका रुपमा परिचित छन् । उनी स्कुलतहको पढाई सकेपछि ०५५ सालमा काठमाडौ आएकी हुन् ।

काठमाडौं आएपछि उनले उच्च शिक्षा पढ्न पद्म कन्या क्याम्पस रोजिन । त्यसपछि उनले आएदेखि मास्टर तहसम्मको पढाई सोही कलेजबाट पुरा गरिन् । नेपालीमा एमएपास गरेकी कार्काीले सानैदेखि गीत संगीतमा रुचि राख्ने गर्थिन् । तर उनले संगीत शिक्षा औपचारिक रुपमा पढेकी छैनन् । उनको बुझाइमा स्वर गड गिफ्ट जस्तै हुन्छ । जसको गड गिफ्ट स्वर हुन्छ उ अलिअलि साधना गरेर अघि बढि हाल्छ । काम गर्ने क्रममा धेरै कुरा सिक्दै जान सकिन्छ । स्वरै नुहुनेलाई गीत गाउन गाउन गाह्रो हुन्छ त्यसैले स्वर गड गिफ्ट नै हुनुपर्छ ।
भनिन्छ चाहनाभए सबै उद्धेश्य पुरा हुन्छन । त्यसैले पनि होला उनले रोजेको संगीत क्षेत्रमाउनले राम्रो उचाई लिन सकेकी छन् । गीत, संगितमा औपचारिक कक्षा नलिएकी कार्कीले अहिलेसम्म एक दर्जन जति एल्बम निकालिसकेकी छन् । यद्यपी उनले चन्दन श्रेष्ठ, विनयबर्मा, प्रकाश गुरुङ र प्रेमकृण्ण गुरागाई जस्ता हस्तीबाट भने उनले धेरै सिकेकी छन् । उनका गीतहरू प्रायःपप–आधुनिक हुन्छन । कला र गलामा राम्रो दखल भएकी कार्कीलाई गायन क्षेत्रमा आउन उनका घरपरिवारको राम्रो सहयोग रहेको छ ।
स्वर र सिर्जनामा निपूर्ण कार्कीले यसअघि गायनलाई व्यावसायिकता दिएकी थिइनन् । पछिल्लो समय भने उनी गायन पेसामा व्यावसायिक बन्दै गएकी छन् । एउटा स्कुलमा संगीत पढाउने काम समेत गरेकी कार्की स्वर बनाएर बन्ने होइन, साधना गरेर बन्छ भन्ने मान्यता राख्छिन । ‘कला र सिर्जनामा भगवानको वरदान नै चाहिन्छ,’ उनले दोहो¥याउदै भनिन् । कतिपयचर्चित गायकगायिकाहरू कुनै संगीत स्कुल नै नगएर सबै भन्दा प्रिय कलाकार बनेका छन । औपचारिक शिक्षा लिएर वा सिकेर भन्दापनि आफ्नै साधनाले बनेको कलाकार खाँटी र यथार्थ कलाकार हो उनको भनाइ छ कलाले पैसा पाइन्छ, पैसाले कला पाइँदैन ।

पकेट खर्च चलाउन शिक्षण पेशामा लागेर नेपाली बिषय समेत पढाउने उनको पहिलो गीत ‘रोजेको मैले’ लोक पपमा आधारित छ । यसको भिडियोमा नायिका वर्षा राउतले डेब्यु गरेकी हुन् । उनका अन्य गीतहरूमा ‘कान्छा फर्किआऊ,’ यो मारुनी भाकामा छ । गायनका साथै उनले मोडलिङको अनुभव पनि लिएकी छन् । अहिलेसम्म दर्जन भन्दा बढी गीतमा स्वर दिएकी कार्कीले सात वटा गीत समेटिएको एल्बम आफ्नै लगानीमा निकालेकी सकेकी छन् ।
गायक बन्न पहिले स्वर आवश्यक पर्छ उनको भनाइ छ त्यसपछि संगीत जान्दा नि राम्रै हुन्छ । मिठो स्वरकी धनि उनले नेपालका विभिन्न सहरमा स्टेज कार्यक्रम चलाएकी छन् । आफूलाई साहसी ठान्ने निडर स्वाभावकी उनी आफूलाई ‘कलेज पढ्दा कसैलेपनि ‘आई लभ यु’ भन्ने आँट नगरेको सुनाउछिन’ फेस टू फेस कसैले अफर गर्न सक्दैनन् उनले भनिन् फेसबुकबाट भने २२ वर्षका युवादेखि ६२ वर्षका बुढासम्मले माया प्रेमको प्रस्ताव राख्छन । नेपालीमा स्नातक गरेकीकार्की आफ्नो भविश्य साहित्य र सिर्जनामै खोज्ने बताउ छिन । एकल रहेकी उनी अनेक प्रेम प्रस्ताव आए पनि विवाह गर्ने बारे सोचेको छैन भन्छिन । मेरो मनमा कुनै कसैको बास छैन व्याइफ्रेन्ड होला नि भन्ने प्रश्नमा उनले भनिन अहिले म क्यारिएरकै बारेमा चिन्तित छु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार