१० श्रावण २०८१, बिहीबार

श्रीलंका नदी कटानको चपेटामा



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका गाउ कर्णाली नदीको बाढी र कटानको चपेटामा परेको छ ।
कर्णाली नदीमा पानीको बहाव बढेसंगै श्रीलंका गाउमा तटबन्ध हुन बांकी जमिनमा तिब्र रुपमा कटान भइरहेको छ । नदी कटानका कारण ऊखु, तिल, मास लगायतका बाली समेत क्षती भएको छ ।
स्थानीय दीपेन्द्र भण्डारीले भने– वर्षायाम शुरु भएसंगै नदी कटान पनि शुरु भयो । यस वर्ष वर्षायामको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ । अहिलेसम्म साढे दुई विघा खेतीयोग्य जमिन कटान भइसकेको छ ।
उनका अनुसार श्रीलंका गाउँका उनीसहित गोपाल साउद, तुलीराम चौधरी, धर्म चौधरी लगायत किसानको खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको छ ।
कैलाली र बर्दियाको सीमानामा पर्ने श्रीलंका उच्च बाढी प्रभावित क्षेत्र मानिन्छ । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली पुलबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध निर्माण गरेपछि कैलालीतिर नदीको कटान बढेको स्थानीयले बताए । तटबन्ध गरिएको स्थानदेखि दक्षिणतर्फ नदीले कटान शुरु गरेको छ । बर्दियातर्फ तटबन्ध भइरहेको भए पनि कैलालीतर्फ भने अधmैं तटबन्ध हुन सकेको छैन । कर्णाली नदीले श्रीलंकामा कटान शुरु गरेको टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार