१० श्रावण २०८१, बिहीबार

गुरही पर्व मनाइँदै



धनगढी । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व यस वर्ष आगामी २० गते धनगढीको गुरही चौकमा मनाइने भएको हो । एक दशकदेखि थारु समुदायले हकअधिकार तथा पहिचानको रुपमा धनगढीमा सामूहिक रुपमा मनाउंदै आएको छ ।


गुरही पर्व मनाउनका लागि बिहीबार धनगढीमा सखी सञ्जाल कैलालीकी उपाध्यक्ष उन्नती चौधरीको अध्यक्षतामा भएको छलफलबाट गुरही पर्व २०७६ मूल आयोजक समिति तथा उपसमिति गठन गरेको छ ।
सञ्जालकी उपाध्यक्ष उन्नती चौधरीको संयोजकत्वमा बनेको मूल आयोजक समितिमा बसन्ती चौधरी, अन्जु चौधरी, देउमति चौधरी, प्रेम चौधरी, राजकुमारी चौधरी, ठाकुर प्रसाद करिया प्रधान, माधव चौधरी सदस्य रहेका छन् ।
त्यस्तै सदस्यहरुमा निर्मला चौधरी, चन्द्र चौधरी, दिलबहादर चौधरी, ललिता चौधरी, सरस्वती चौधरी, दुर्गा कुश्मी, गीता चौधरी रहेका छन् ।
त्यस्तै, प्रचारप्रसार समितिमा दिलबहादुर चौधरी, प्रेम चौधरी, ठाकुर प्रसाद करियाप्रधान रहेका छन् । भने मञ्च व्यवस्थापन समितिमा माधव चौधरी र राजकुमारी चौधरी रहेका छन् । गुरही सामग्री संकलन समितिमा निर्मला चौधरी, देउमति चौधरी, अन्जु चौधरी, ललिता चौधरीm, सरस्वती चौधरी रहेका छन् ।


त्यस्तै, सल्लाहकार समितिमा प्रभात कुमार चौधरी, रामदास चौधरी, जोहारी लाल चौधरी, पुरन चौधरी, फोनीराम चौधरी, इन्दिरा चौधरी लगायत रहेका छन् भने सांस्कृतिक समितिमा चन्द्र चौधरी, आर्थिक संकलन समितिमा बसन्ती चौधरी, फोनीराम चौधरी लगायत रहेका छन् ।
थारु समुदायको चाडको शुरुवातको रुपमा गुरहीपर्व लाई लिइने गरिन्छ । नागपञ्चमीका दिन यो पर्व मनाइने भएकोले यस पर्वलाई थारु समुदायले देशैभरका थारु समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।
थारु समुदायमा “गुरही” मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास गरिन्छ । नागबाबालाई घरको द्वारमा टांसेर पूजा गर्नुको आशय दुःख, कष्ट र रोगव्याधीलाई नागबाबाले घरमा प्रवेशबाट रोकूने भन्ने रहेको मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार