१० श्रावण २०८१, बिहीबार

बैतडीमा जिप दुर्घटना हुदाँ १ जनाको मृत्यु ,दुई जना घाइते



डडेल्धुरा  । बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका- ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो ।
जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । समान्य घाइते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याएईएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईएको छ । दुर्घटनाबारे थप अनुसान्धान भईरहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् ।
मृत्यु भएका एकजनाको शव भीरमा अड्किएको र कुहिरो र पानीका कारण निकाल्न असहज भईरहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।
उता,  दार्चुला जिल्लाको मार्मा गाउँपालिका २ घोप्टेमा रोकेर राखिएको ट्याक्टरलाई १० वर्षीय बालिकाले चलाउँदा बालिकाको घट्नास्थलमै मृत्यु भएको छ। एकसातादेखि सडकमा रोकेर राखिएको को १ त ६७७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका २ कि १० वर्षीया दिपिका महराको घट्नास्थलमै मृत्यु भएको हो भने दिपिकाको भाई साढे छ महिनाका अनिस महरा र ८ वर्षीय शेरसिह धामी घाइते भएका छन्।
सडकको किनारमा राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। सडकको छेउबाट ट्याक्टर झण्डै एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय लटिनाथका सई उत्तम अवस्थीले बताए।
दुर्घटनामा परि घाइते भएका मध्ये अनिश गम्भीर छन्। स्थानीय मेडिकलमा सामान्य चेकजाँच पछि थप उपचारको लागि गोकुलेश्वर अस्पताल रिफर गरिएको अवस्थीले जानकारी दिए।
 
 
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार