१० श्रावण २०८१, बिहीबार

बुवाकाे हत्या र अामालार्इ घाइते बनाउने छाेरा पक्राउ



धनगढी। कैलालीको घोडाघोडी नगरपालिका वडा न ११ सिसैयामा छोराले धारिलो हतियार प्रहार गरि आफनै बुवाको हत्या गरेका छन ।


घोडाघोडी नगरपालिका ११ बस्ने ५५ बर्षिय उदे रावतले आईतबार राती हसिया प्रहार गर्दा आफनै बुवा ७५ बर्षिय काल्चे रावतको मृत्यु भएको हो ।
घटनामा परि मृतक रावतकी श्रीमती नन्दा रावत गम्भिर घाईते भएकी छिन । उनलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
घरायसी झगडामा बिबाद उत्पन्न हुदा छोराले आफनै बुवा माथि धारिलो हतियार हसिया प्रहार गरेको प्रहरीको भनाई रहेको छ । हत्या गरि फरार रहेका उदे रावतलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार