२ जेष्ठ २०८१, बुधबार

अछामका २ वडा नेपालमै पहिलाे पाेषणमैत्री वडा घाेषणा



अछाम । नेपालमै पहिलो पटक अछामको साफेबगर नगरपालिकाका २ वडा पाेषणमैत्री वडा घाेषणा भएका छन् ।

नगरपालिकाकाे वडा नम्वर १ बैजनाथ र वडा नम्वर ६ भागेश्वरलाई पाेषण मैत्री घाेषणा गरिएको हाे । साफेबगर नगरपालिकामा अायाेजित संयुक्त कार्यक्रममा पुर्व उपप्रधानमन्त्री भिमबहादुर रावलले पाेषणमैत्री नमुना घर प्रदर्शन गर्दै नेपालकै पहिलो पाेषणमैत्री स्थानीय शासन वडा घाेषणा गरे ।

पाेषणमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने सबै ७१ वटा सुचक पूरा भएपछि औपचारिक समारोहकाविच दुबै वडालाई पोषणमैत्री घोषणा गरिएको जनाइएको छ ।

घाेषणा कार्यक्रममा प्रमुख अतिथि रावलले अाजका बालबालिका नै हाम्रो भबिस्य भएकोले उनीहरुलाई पाेषणयुक्त बनाउनुपर्ने बताए । घाेषणालाई दिगो र टिकाउ बनाउन सबै जनप्रतिनिधिले जनताकाे विश्वासलाई डग्न दिन नहुनेमा जाेड दिए । घरकाे अन्न खायमा शरिरलाई पाेषिलाे बनाउने भएकोले अमृत समान घरकाे अन्न खानुपर्ने बताए ।

साथै नेता रावलले मदिराको कारण समस्या सृजना भएकोले पाेषणमैत्री हुनका लागि मदिराको सेवन अन्त्य जरुरी रहेको उल्लेख गरे । साफेबगर नगरपालिकाले गरेको प्रशन्सनीय कार्यको सम्मान सहित धन्यवाद समेत ब्याक्त गरे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदि बिशिस्ट अतिथि थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार