१० श्रावण २०८१, बिहीबार

बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु ११ घाईते



बाजुरा ।  बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्। कर्णाली करिडोर अन्तरगत जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ भुवाखोलामा क १ ज २१ नम्वरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा परि जिप चालक कालीकोटका २६ बर्षीय रमेश बोगटी र मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्वर ६ का रामवहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए।

घाईते ११ मध्ये ४ जनाको अवस्था गम्भिर रहेको र सबैलाई उपचारका लागि कोहलपुर लैजान लागिएको उनले बताए। उकालोमा जिप दुर्घटना भएर ५० मिटर सडकभन्दा तल खसेको समेत उनले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार