१० श्रावण २०८१, बिहीबार

गुणस्तरीय शिक्षा हाम्रो लक्ष्य



सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) लाई भरखरै नागरिक एकता समाजले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट माविका रुपमा सम्मान गरेको छ । २० वर्षदेखि सुदूरपश्चिम प्रदेशमा राम्रो शैक्षिक संस्थाका रुपमा स्थान बनाउन सफल सुदूरपश्चिमाञ्चल क्याम्पसमा हेमराज जोशी भरखरै नया“ क्याम्पस प्रमुखका रुपमा नियुक्त हुनुभएको छ । शिक्षा क्षेत्रमा एसपीएको उपस्थिति, कार्यक्रम, उपलब्धी सहितका विषयमा प्रिन्सिपल जोशीसंग अनुमोदन दैनिकले गरेको कुराकानीको सारसंक्षेप :

सुदूरपश्चिमाञ्चल क्याम्पसको क्याम्पस प्रमुखका रुपमा नियुक्त हुनुभएको छ । कस्तो अनुभव भइरहेको छ ?
हरेक व्यक्तिलाई आफनो प्रगतिमा खुशी लाग्नु स्वाभाविक नै हो । म पनि खुसी छु । तर, खुसीका साथै मैले जिम्मेवारीको बोझ पनि महसुस गरिरहेको छु । यति ठूलो तथा आम विद्यार्थी र अभिभावकले विश्वास गरेको क्याम्पसको साख बनाइराख्नुपर्ने जिम्मेवारी ममाथि थपिएको मैले महसुस गरिरहेको छु । सुदूरपश्चिमाञ्चल क्याम्पसलाई अझ उत्कृष्ट बनाउन अलिकति पनि योगदान दिन सके भने मैले आफूले ग्रहण गरेको पद सार्थक भएको ठान्ने छु ।

शिक्षा क्षेत्रमा सुदूरपश्चिमाञ्चल क्याम्पसका उपलब्धीको चर्चा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
सुदूरपश्चिमाञ्चल क्याम्पस निजि स्तरमा सञ्चालित क्याम्पस हो । २०५६ सालदेखि उच्च माध्यामिक विद्यालयका कक्षाहरू सञ्चालन गरेर अघि बढेको यो क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहमा विभिन्न विषयका कक्षा सञ्चालन गर्दै आएको छ । हरेक तहमा यो क्याम्पसको नतिजा उत्कृष्ट रह“दै आएको छ । यसको एउटा उदाहरण भनेको यो क्याम्पसले दुई पटक राष्ट्रिय स्तरको शैक्षिक सिल्ड प्राप्त गर्न सफल हुनुले पनि पुष्टि गरेको छ । प्रत्येक वर्ष यो क्याम्पसले झन् उत्कृष्ट नतिजा दिइरहेको छ ।

क्याम्पस प्रमुखका रुपमा तपाईंका प्राथमिकता ?
क्याम्पस प्रमुख पदमा नियूक्त भएको थोरै दिन भएको छ । विगतमा क्याम्पसले अनुशासन, शैक्षिक र अत्तिरिक्त क्रियाकलापलाई महत्व दि“दै आईरहेको थियो । म त्यसमा कटिवद्ध छु र अनुशासन पक्षलाई बढी जोड दिने छु । किनभने कुनै पनि संस्थालाई अगाडि बढाउन अनुशासन आवश्यक हुन्छ । विगतका क्याम्पस प्रमुखहरूले पनि अनुशासनमा जोड दिएका थिए । मैले पनि अनुशासनमा नै बढी जोड दिने छु । यस क्याम्पसमा अध्ययन गने आउने विद्यार्थीहरू अनुशासित र एउटा राम्रो जनशक्ति भएर बाहिर जाओस भन्ने मेरो सोच हो ।
त्यस्तै, गुणस्तरिय शिक्षा मेरो अर्को प्राथमिकता हो । विद्यार्थीलाईे तह अनुसारको शिक्षा भएन र जुन तहमा पढ्नु पर्ने हो त्यो प्राप्त भएन भने कुनै उपलब्धी हु“दैन । त्यसैले गुणस्तरिय शिक्षा र विभिन्न खालका शैक्षिक क्रियाकलापलाई अझ चुस्त दुरुस्त बनाउने योजना बनाएको छु ।
क्याम्पसमा हरेक विषयमा दक्ष शिक्षकहरू छन् । आफनो विषयमा दख्खल राख्ने हरेक शिक्षकबाट उत्कृष्ट नतिजा आइरहेको छ । हरेक शिक्षकले मेहनत गरेर पढाइरहेका छन् र त्यसको प्रतिफल पनि राम्रै आइरहेको छ ।

एसपीए कलेजको मुख्य उपलब्धी के हो भन्ने ठान्नुहुन्छ ?
एसपीए कलेजको मुख्य उपलब्धी भनेको नीजि क्षेत्रबाट शिक्षा क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान नै हो । यो कलेजबाट उत्पादन भएका विद्यार्थीहरू विभिन्न बैंकिङ क्षेत्रमा उपल्लो तहमा पुगेका छन् । एसपीए कलेजबाट उत्पादन भएका विद्यार्थी जहा पनि सफल हुने गरेका छन् ।

सुदूरपश्चिमाञ्चल क्याम्पसका अहिलेका कार्यक्रमहरु के के छन् ?
यो क्याम्पसले २०५६ सालमा प्लस टुको कक्षा मात्र सञ्चालन गरेको थियो । २०६० सालमा क्याम्पस स्तरमा शिक्षा विषयको कक्षा सञ्चालन ग¥यो । केही वर्ष अघि हामीले स्नातकोत्तर कक्षा सञ्चालन ग¥यौं । भर्खरै त्रित्रिविबाट सम्बन्धन प्राप्त विएचएम र विआएएमका कक्षाहरू सञ्चालन गरेको छ । आगामी दिनमा पनि थप कक्षाहरू सञ्चालन गर्दै लग्ने छ ।

अन्त्यमा के भन्नु्हुन्छ ?
भर्खरै एसईईको नतिजा आएको छ । विद्यालय खोज्दै हिड्ने विद्यार्थी र उहाँका अभिभावकलाई राम्रो शिक्षाका लागि अरुको लहलैमा लाग्नुभन्दा विद्यालय पुगेर सोधपुछ गरेर मात्र भर्ना गर्न अनुरोध छ । सबै अभिभावकलाई मेरो अनुरोध छ की हाम्रो क्याम्पसमा आएर जानकारी लगिदिनुहोस् । क्याम्पसको बारेमा राम्ररी बुझेर आफना छोराछोरीलाई एसपीएमा भर्ना गर्नुस् भन्ने मेरो अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार