१० श्रावण २०८१, बिहीबार

सिमान्तकृत समुदायका साझा मुद्दामा सहकार्य आवश्यक



धनगढी । सिमान्तकृत समुदायका साझा मुद्दामा सहकार्य गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।


सिमान्तकृत समुदाय, नागरिक अगुवा, साझा संवाद समूह तथा सञ्चारकर्मीहरूको समन्वयमा सोमबार धनगढीमा भएको त्रैमासिक बैठकमा सहभागीहरूले साझा मुद्दामा साझा दृष्टिकोण र ऐक्यवद्धता आवश्यक रहेको दोहोराए ।
कार्यक्रममा थारु नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले कमैया मुक्तिको करिब दुई दशक हुन लाग्दा पनि अझैं पूर्ण रुपमा पुनःस्र्थापना हुननसकेको बताए ।
नेपाल राष्ट्रिय दलित कल्याण संघ, कैलालीका अध्यक्ष चक्र बिकले मुक्त कमैया तथा मुक्त हलियाका सवाल र समस्या साझा रहेको बताए ।
कार्यक्रममा मुक्त कमैया महिला विकास मञ्चका अध्यक्ष अध्यक्ष कौशिला चौधरीले चार हजार बढी कमलरी मुक्त भए पनि अहिलेसम्म दु्ई हजार सात सय ६८ जनाले मात्र परिचयपत्र पाएको बताइन् ।
कमैया प्रथा उन्मुलन समाजका अध्यक्ष बसन्ती चौधरीले सरकारले मुक्त कमैया पुनस्र्थापनामा विभेद गरिरहेको आरोप लगाइन् ।
त्यस्तै, दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे, हलिया महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनार, थारु कल्याणकारिणी सभाका जिल्ला उपसभापति माधव चौधरी, बेसका जिल्ला संयोजक लक्ष्मण चौधरी, इन्सेकका जिल्ला प्रतिनिधि मैनामति चौधरी, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष दिल बहादुर चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा अधिवक्ता जोहारीलाल चौधरीले कमैया मुक्ति र पुनस्र्थापनाको सवालबारे कार्यपत्र प्रस्तुत गर्दै मुक्त कमैयालाई आकाशे कित्ता दिइएको बताए ।
उनले अहिले पनि कैलाली, कञ्चनपुर, बा“के, बर्दिया र दाङमा गरि छ सय ४७ जना मुक्त कमैयाको पुनस्र्थापना हुननसकेको बताए ।
कार्यक्रममा यूनिक नेपाल अन्तर्गत सुन्दर शान्त नेपाल परियोजनाका जिल्ला संयोजक हेमकर्ण विकले परियोजनाले कैलालीका धनगढी उपमहानगरपालिका र कैलारी गाउ“पालिकामा साझा संवाद समूह गठन गरि कार्य गरिरहेको बताए ।
कार्यक्रमको उद्देश्यबारे सेफरवल्र्डका शोभाराम चौधरी जानकारी दिएका थिए भने कार्यक्रम यूनिक नेपालका कार्यक्रम संयोजक जगतराम चौधरीको अध्यक्षतामा भएको थियो ।
त्रैमासिक बैठक यूनिक नेपाल, साझा संवाद समूह धनगढी, कमैया प्रथा उन्मुलन समाज, मुक्तकमैया महिला विकास मञ्च, बेस कैलाली, हलिया महासंघ नेपालको आयोजना तथा विविसी मिडिया एक्सन र सेफरवल्र्डको सहयोगमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार