१८ आश्विन २०८१, शुक्रबार

चिकित्सकमाथि आक्रमण प्रकरणः बल्ल काममा फर्किए, चिकित्सकहरू



धनगढी । पटक–पटकको आक्रमण पछि असुरक्षा बढेको भन्दै जिल्ला छोडेका डडेल्धुरा अस्पतालका चिकित्सकहरू सोमबार फर्किएका छन् ।

असुरक्षाको कारण देखाउ“दै शुक्रबार धनगढी आएका चिकित्सकहरू डडेल्धुरा फर्किएका हुन् । चिकित्सकमाथि आक्रमण गरेको आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको र अन्यको खोजी कार्य भइरहेको बताएपछि उनीहरू काममा फर्किएको जनाइएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट जितेन्द्र क“डेलले अहिले सम्म प्रहरीले आक्रमणमा संग्लन एक जनालाई पक्राउ गरेको दावी गरेपनि सार्वजनिक भने नगरेको बताए । उनले सुरक्षाको पूर्ण ग्यारेण्टी सरकारले गर्नुपर्ने पनि बताए । पा“च दिनदेखि अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गर्दै आएको थियो ।
शवको पोष्टमार्टम गर्ने क्रममा गत २५ गते चिकित्सकमाथि आक्रमण भएपछि सुरक्षाको माग गर्दै चिकित्सकहरू धनगढी आएका थिए । यस अघि पनि सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पताल विवादमा तानिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार