१० श्रावण २०८१, बिहीबार

एसपीएलाई उत्कृष्ट उमावि सम्मान



धनगढी । सुदूरपश्चिमाञ्चम एकेडेमी (एसपीए) ले उत्कृष्ट उच्च माध्यामिक विद्यालयको सम्मान पाएको छ ।


काठमाडौंमा शनिबार भएको एक समारोहमा नागरिक एकता समाजले देशभरका उत्कृष्ट उच्च माध्यामिक विद्यालयहरूलाई सम्मान गर्ने क्रममा सुदूरपश्चिम प्रदेशबाट एसपीएलाई उत्कृष्ट उमाविको सम्मान गरेको हो ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले एसपीएका क्याम्पस प्रमुख हेमराज जोशीलाई सम्मानपत्र प्रदान गरे ।
सम्मान ग्रहणपछि क्याम्पस प्रमुख जोशीले सुदूरपश्चिमबाटै देशभरकै उत्कृष्ट क्याम्पसहरूमा छनौट भई सम्मानित हुनु यस क्षेत्रकै गौरव भएको बताए ।
‘यो सम्मान एसपीएका सम्पूर्ण प्राध्यापक तथा कर्मचारी तथा विद्यार्थीहरूको मिहिनेतको प्रतिफल हो’ क्याम्पस प्रमुख जोशीले भने– सम्मानले आगामी दिनमा अझै उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्दै एसपीएलाई देशकै नमुना क्याम्पस बनाउने हौसला बढेको छ ।
सम्मान कार्यक्रममा सातवटै प्रदेशका उत्कृष्ट उमाविहरूलाई सम्मान गरिएको थियो ।
धनगढी सन्तोषी टोलमा अवस्थित एसपीए क्याम्पस २०५६ सालमा स्थापना भएको थियो । हाल क्याम्पसमा प्लस टू देखि स्नातकोत्तर सम्मका कार्यक्रमहरू सञ्चालनमा छन् ।
प्लस टूमा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, र शिक्षा संकायको अध्यापन हु“दै आएको क्याम्पसमा स्नातकमा बीए, बीएचएम, बीबीएस, बिआईएम र बिएडको अध्ययन हु“दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार