१७ बैशाख २०८१, सोमबार

चिकित्सकलाई संघीय मन्त्रालयमा हाजिर हुन आग्रह



धनगढी । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ ।

जिल्लमा असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं आउन भनेको हो । ‘सुरक्षाको सत प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म त्यहा“ कार्यरत चिकित्सकहरुलाई आत्मसुरक्षाका लागि केन्द्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौं’ संघका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बुधबार दिउ“सो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।
आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउ“दै दोषीमाथि कारबाही नहु“दासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।
यस्तै, नेपाल चिकित्सक संघले चिकित्सकहरुको सुरक्षाका निम्ति तत्काल कुनै ठोस कदम नउठाए कडा विरोधको कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ ।
संघले डडेल्धुरा अस्पतालमा भएको आक्रमणका दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । उक्त अस्पतालमा भएको घटनाको विरोधमा त्यहा“का चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा संघले एक्यबद्धता समेत जनाएको छ ।
संघले डडेल्धुरा अस्पतालमा प्रहरी कार्यालयको पत्र सहित पोष्टमार्टमका लागि शव ल्याई पोष्टमार्टम कार्य गरिरहेको अवस्थामा जनप्रतिनिधिकै नेतृत्वमा अस्पताल परिसरभित्र हुलदंगा, गाली बेइज्जती गर्दै चिकित्सकमाथि हातपात तथा ढुंगा प्रहार गरिएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको हो ।
‘स्वास्थ्य सेवा प्रवाहमा गुण्डागर्दी शैली अपनाएर असुरक्षित वातावरण सिर्जना गर्ने दोषी उपर कानुनी कारबाही नभएसम्म स्वास्थ्य सेवा प्रवाहमा नफर्कने गरी उक्त अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनप्रति यस संघ ऐक्यबद्धता जाहेर गर्दछ,’ संघका महासचिव डा लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘चिकित्सकहरुको सुरक्षाका निम्ति तत्काल कुनै ठोस कदम नउठाएको खण्डमा संघले कडा विरोधको कार्यक्रम सञ्चालन गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार