१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा बाढीकाे खतरा



धनगढी । बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार बिहीबार (दिउ“सो र राति) देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ । धेरै स्थानहरुमा वर्षा हुनुको साथै पश्चिम भेगका केही स्थान र मध्य तथा पूर्वी नेपालका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार अधिकांश भू–भागमा बदली हुनेछ । देशका पश्चिमी भू–भाग र मध्य तथा पूर्वका धेरै स्थानमा वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शनिबार पनि अधिकांश स्थानमा बदली, वर्षा र एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ ।
देशका अधिकांश भू–भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीहरूमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षत्रे र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ ।
पश्चिम नेपालको बा“के, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लाहरूमा मध्यम वर्षा भइरहेकाले बाढीको जोखिम रहेको छ ।
चुरेबाट बहने नदीहरू बढ्दो रहेकाले छेउछाउ र होचा स्थान डुबानको जोखिममा रहेका छन् । तीनै दिन कन्काई, सप्तकोसी, तमोर, दधु कोसी, सनु कोसी, कमला र बागमती तथा पूर्व राप्ति जलाधारमा उच्च बहाब हुने सम्भावना रहेको छ ।
त्यसैगरी मध्य नेपालको प्रदेश १, २ र ३ को चुरे क्षेत्रबाट बहने नदीनालाहरूमा पनि आकस्मिक बाढीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशैभरका पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने स–साना खोलाहरूमा पनि लेदो सहित आकस्मिक बहाबको सम्भावना समेत रहेको छ ।
देशभर वर्षा र बाढीको सम्भावानाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
हवाई, सडक र यातयातमा समेत अवरोध आउने भएको हु“दा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
सुरक्षित बाटोको पहिचान गर्न र विपद् हुनै लाग्दा सहजै जान सकिने गरी तयार हुन तथा पहाडी पहिरोग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार