१७ बैशाख २०८१, सोमबार

डाक्टरमाथि पुनः अाक्रमण



धनगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको छ ।

यसअघि पनि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात भएको थियो । बुधबार दिउ“सो १२ बजेतिर स्थानीय अमरगढी नगरपालिका ११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शवको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले बताएका छन् ।
आक्रमणपछि चिकित्सकहरूले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउ“दै दोषीमाथि कारवाही नहु“दासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिक बाहेकका सेवा बन्द गरेका घोषणासमेत गरेका छन् ।
प्रहरीले बुधबार बिहान साढे ११ बजे अमरगढी नगरपालिका ११ सल्लाघारीका मृतक रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु¥याइएको थियो । चिकित्सकहरूले ११ः३५ तिर शवको पोष्टमार्टम सुरु गरेका थिए ।
वडा अध्यक्ष खड्काको नेतृत्वमा आएको भिडले पोष्टमार्टम गरिरहेका डाक्टरलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुंगा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा. जीवन खरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार