१० श्रावण २०८१, बिहीबार

चिर्पट हानेर ठुलाेबुवा र ससुराको हत्या



अछाम । अछामकाे मंगलसेन नगरपालिकाका एक युवकले मंगलबार राति अाफ्नै ठूलाेबुवा र सुसुराकाे हत्या गरेका छन् ।

मंगलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले चिर्पटले हानेर ठूलाेबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनक शाहीले बताए । शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार