१७ बैशाख २०८१, सोमबार

मायामेट्रोमा आइसियु सेवा



धनगढी । धनगढीको माया मेट्रो अस्पतालले मंगलबारदेखि आईसीयू र एन–आईसीयू सेवा सुरु गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालले आईसीयू र एन–आईसीयू सेवा सुरु गरेको हो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष धिरेन्द्र साउ“दले तीन वटा भेन्टिलेटर र एभिजी मेसिन सहित ८ वेडको आईसीयू र १० वेडको एन–आईसीयू सेवा सुरु गरेको बताए ।
उनले अस्पतालमा आईसियू र एन–आईसियू सेवा सुरु भएपछि सुदूरपश्चिमका विरामीहरूलाई गुणस्तीयर सेवा पाउनका लागि सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार