१० श्रावण २०८१, बिहीबार

प्रदेश सभा बैठक छैठो पटक स्थगित, आज ४ बजे बैठक आव्हान



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक छैठौं पटक सारिएको छ । मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक सभामुख अर्जुनबहादुर थापाको निर्देशनबाट आज (बुधबार) अपरान्ह् ४ बजेसम्मका लागि सारिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले बताए ।


यस अघि पतिपक्षीदलका संसदहरूको उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौ पटक आइतबार कार्यसूचीमै प्रवेश नगरी सारिएको थियो । प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको विरोधमा प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध पार्दै आएका छन् ।
प्रदेशका सभामुख थापाले मुख्यमन्त्री त्रिलोचन भट्टको आग्रहमा बैठक बुधबार साझ ४ बजे सारिएको जानकारी दिए । उनले भने– मुख्यमन्त्रीज्यूले हामी वार्ता गरिरहेका छौं, बैठक सारिदिनुपर्यो भनेर आग्रह गर्नुभयो । उहाले दिएको समय अनुसारनै बैठक सारिएको हो ।’ सभामुख थापाले प्रदेश सभाको बैठकमा अब धेरै अन्यौल नरहने बताए ।
मंगलबार नै सरकार पक्ष र प्रतिपक्षी दलको बैठक पनि निस्कर्षविहिन भएको छ । बजेटका विषयमा दुई पक्षबीच पा“चौ बैठक बसे पनि निस्कर्षविहिन भएको जनाइएको छ । सत्तापक्षले कुनै गृहकार्य नै नगरी हल्का ढंगले प्रस्तुत भएका कारण सहमति हुन नसकेको प्रतिपक्षी दलहरूको आरोप छ ।
वार्तामा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर वोहरा र नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ सहभागी थिए ।
प्रतिपक्षका तर्फबाट कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, राजपाका सांसद कृष्णबहादुर चौधरी, कांग्रेस कर्णबहादुर मल्ल, भरतबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार