१७ बैशाख २०८१, सोमबार

विद्यालय जागिर मात्रै गर्ने ठाउँ होइनन्ः मन्त्री पोख्रेल



धनगढी । संघिय सरकारका शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणि पोख्रेलले विद्यालयहरु जागिर खाने ठाँउ नभई देश बनाउने ठाउ रहेको बताएका छन् ।


कैलालीको सुखडमा प्रदेश स्तरीय बिशेष आवासीय विद्यालयको शनिबार शिलान्यास गर्दै मन्त्री पोख्रेलले विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूको शिक्षामा पहुच गराउने उद्देश्यले सरकारले प्रत्येक प्रदेशमा एउटा विशेष आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको बताए ।
मन्त्री पोख्रेलले शिक्षा कस्तो छ भन्नु भन्दा पहिले शिक्षक कस्तो छ भन्ने कुराले महत्व राख्ने भएकाले शिक्षकहरू संवेदनशील हुनुपर्ने बताए उनले भने– शिक्षक कुन पार्टी र कुन संगठनमा आवद्ध छ भन्नुभन्दा पनि विद्यार्थीलाई कति समय दिन्छ, कक्षा कोठाको शैली र व्यवहार कस्तो छ ? जस्ता कुराले मुख्य महत्व राख्दछ ।
उनले उच्च शिक्षामा घोकन्ते नभई विद्यार्थीहरुलाई अनुसन्धान, उत्पादन तथा खोजी गर्नेतर्फ प्रेरित गर्नु पर्ने धारणा व्यक्त गरे ।
उनले युनेस्कोको मान्यता अनुसार ९५ प्रतिशत साक्षर भएमा साक्षर देश घोषणा गर्न सकिने बताए । भने– नेपालमा हाल ८० प्रतिशत साक्षर भईसकेकाले यही वर्षभित्र साक्षर देश घोषणा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार