३ जेष्ठ २०८१, बिहीबार

पञ्चोेदयमा पढाइई उत्सव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको पञ्चोदय माध्यमिक विद्यालयमा बिहीबार पढाई उत्सव भएको छ ।
राष्ट्रिय पारम्भीक कक्षा पढाई कार्यक्रम अन्तरगत पढाई उत्सवको आयोजना गरिएको जनाइएको छ । उत्सवमा वालमैत्री पढाई सामग्री राखिएका छन् ।


पढाई उत्सवको उद्घाटन गर्दै धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बालबालिकाको मनोविज्ञानलाई बुझेर पठनपाठन गराउने विद्यालयले मात्रै सिकाई उपलब्धी प्राप्त हुने बताए ।
वडा नम्बर का अध्यक्ष राम बजारी चौधरीले कितावी ज्ञानलाई मात्रै सिकाईको रुपमा लिन नहुने बताए ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका संयोजक राजेन्द्र रैकाले वालबालिकाहरूको पढाईमा सुधार ल्याउन उपमहानगरपालिकाका २२ वटा विद्यालयमा राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम संचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार