७ पुष २०८१, आईतवार

रातो किताब जलाउनु गलत : नेता रावल



धनगढी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले प्रतिपक्षी दलहरूले सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तु्त गरेको रातो किताव जलाउनु गलत भएको बताएका छन् ।


‘कुनै कार्यक्रममा चित्त बुझेको छैन वा कुनै क्षेत्रलाई उपेक्षा गरेर बजेटमा कार्यक्रम ल्याइएको थियो भने छलफलबाट सहमतिमा ल्याउन सकिन्थ्यो’ बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटका क्रममा नेता रावलले प्रश्न गरे– ‘बजेटको रातो किताब जलाएर कहा“ खरानी दल्ने ? नेकपा नेता रावलले अहिलेसम्म कहिल्यै पनि बजेट रातो किताव नजलाइएको र वार्ता तथा छलफलबाटै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याइएको चर्चा गरे ।
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गरेको थियो । त्यसको चार दिनपछि सरकारले बजेटको रातो किताब (योजना, कार्यक्रम तथा बजेट विनियोजनको विस्तृत विवरण) ल्याएको थियो । असार ५ गते प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले रातो किताबलाई खालि किताब (ब्ल्यांक बुक) को संज्ञा दिदै प्रदेश सभा अगाडी जलाएका थिए ।
पत्रकार भेटघाटमा नेता रावलले आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने बताए । उनले भने– सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समिक्षा र मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ । उनले ‘सरकारका राम्रा कामको प्रचारप्रसार तथा नराम्रा कामलाई सच्याउन दबाब दिनुपर्ने बताए ।
सञ्चारकर्मीहरूको एक जिज्ञासामा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश लगाउन नसक्ने बताए । ‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ । भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेको छ’ उनले भने– कुनै पनि नीति बनाउ“दा सरकारले सम्बन्धीत क्षेत्रमा पर्ने असर लगायतका विषयलाई नजरअन्दाज गर्नु भने हु“दैन ।
एक अर्को प्रसंगमा नेता रावलले जनआवाजलाई सम्मान गरेर सरकारले गुठी विधेयक फिर्ता लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार