१० श्रावण २०८१, बिहीबार

हावाहुरीको क्षती अध्ययनका लागि संसदीय टोली निर्माण



धनगढी । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कैलाली र कञ्चनपुरका हावाहुरी प्रभावितको अवस्था अध्ययनका लागि एक कार्यदल बनाएको छ । बुधबार बसेको समितिको बैठकबाट सात सदस्यीय संसदीय टोली गठन गरिएको बताइएको छ ।


जेठ २३ गते आएको हावाहरीका कारण कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु भएको थियो भने एक सय बढी घाइते भएका थिए । हावाहुरीका कारण हजारौं घरमा क्षती पुगेको थियो । हावाहुरीबाट कैलाली र कञ्चनपुरमा केराखेती र कुखुरापालन व्यवसाय नराम्ररी क्षती भएको छ ।
संसदीय टोलीले हावाहुरीबाट पीडित तथा प्रभावित भएकाहरूले राहत पाएको वा नपाएको, घाइतको उपचारको अवस्था लगायतबारे स्थलगत रुपमा अध्ययन गर्ने जनाइएको छ ।
संसदीय टोलीमा सांसदहरू झपटबहादुर रावल, यशोदा सुवेदी, दिलेन्द्रप्रसाद बडुु, देवेन्द्रराज क“डेल, रामसहाय प्रसाद यादव, राजेन्द्र श्रेष्ठ र लक्ष्मी चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार