३ जेष्ठ २०८१, बिहीबार

दुरबिन प्रविधिबाट पाठेघरको उपचार सेवा



धनगढी । सुदुरपश्चिम प्रदेशमै पहिलोपटक दुरबिन प्रविधिबाट पाठेघर भित्रको परिक्षण तथा उपचार गर्ने हिस्टेरोस्कोपी सुरु भएको छ । निजि क्षेत्रबाट संचालित धनगढीको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा हिस्टेरोस्कोपी प्रविधिबाट पाठेघरको उपचार गरिएको जनाइएको छ । सुर्खेतको बिरेन्द्रनगर नगरपालिकाका ३१ वर्षीया प्रतिभा थापा (नाम परिवर्तित) को सो प्रविधिबाट परिक्षण एवं उपचार अस्पतालले जनाएको छ ।


तीन वर्षदेखि बाँझोपनको समस्याबाट पीडित उनी उपचारका लागि कोहलपुर, नेपालगन्ज समेत पुगिसकेकी थिइन । त्यहा“ हरेक पटक जा“दा औषधी मात्र दिने, विभिन्न जा“चहरू गर्दा समेत समस्या के हो भनेर पत्ता नलाग्ने र समाधान नभएको बिरामीका आफन्तले बताए । वास्तविक समस्या के हो भनेर थाहा पाउन सकिने र थप उपचार गर्न सकिने यस किसिमको प्रविधि नहुने भएपछि नजिकमा धनगढीको निसर्ग हस्पिटलमा हुनसक्ने आफन्तको सल्लाहबाट पुगेकी थिइन् ।
दुरबिन प्रविधिबाट गरिने यस हिस्टेरोस्कोपीबाट उनको दाया“ डिंबबाहिनी नलिको मुख बन्द भएको देखियो । दुरबिन प्रविधिकै माध्यमबाट बिना चिरफार (घाउ नबनाई) उनको उक्त बन्द भएको नलिको मुख खोलिएको छ ।
उनको समस्या समाधान हुने सम्भावना बढेर गएको उपचारमा संलग्न चिकित्सकले बताए ।
यस किसिमको परिक्षण तथा उपचार प्रविधि बाझोपनको समस्या थाहा पाउन, डिम्बबाहिनी नलिको मुख बन्द भएको हेर्न र खोल्न, पाठेघर भित्र मासु पलाएको हेर्न र फाल्न, ट्युमर भएको हेर्न र निकाल्न, पाठेघरको मुखरप्वाल चिप्किएको हेर्न र खोल्न, पाठेघर सम्बन्धि समस्यामा बायोप्सी जाँचहरू गर्न र अन्य थुप्रै अवस्थामा समेत यो परिक्षण तथा उपचार पद्धति लाभदायी हुने गर्छ ।
उनको उपचारमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ प्रा. डा. नजमुस्सबा अन्सारी र वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा कृटिकल केयर विशेषज्ञ डा. हेमन्त ओझा लगायतको टिम खटिएको थियो ।
हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले अझै पनि कतिपय अवस्थामा बिरामी तथा आफन्तहरूले यहाँ उपचार हुन्छ भन्ने थाहा नपाएकै कारणले पनि बाहिर जान बाध्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार