१० श्रावण २०८१, बिहीबार

प्रदेश सभा बैठक सञ्चालनको प्रयास असफल



धनगढी । सुदूरपश्चिम सभामा प्रतिपक्षी दलले गरिरहेको अवरोध हटाएर सदनको बैठक सञ्चालन गर्ने प्रदेश सरकारको प्रयास असफल भएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा तीब्र असहमति जनाउदै आएका प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीसित बजेटका बिषयमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधबार गरेको छलफल निष्कर्षबिहीन भएको छ । सरकार र प्रतिपक्षीवीच भएको छलफल निष्कर्षबिहीन भएपछि आज (१२ गते) का लागि तोकिएको प्रदेश सभाको बैठक समेत अनिश्चित बनेको छ ।
असार ५ गतेको बैठकमा प्रतिपक्षी सासंदहरूले अवरोध गरेपछि स्थगित भएको प्रदेश सभा बैठक लगातार दुई पटक सूचना टा“सेर स्थगित गरिएको छ । सरकार र प्रतिपक्षीवीच छलफल चलि रह“दा सहमति हुन नसकेको खबर पाएका सभमुख अर्जुनबहादुर थापाले असार १२ को बैठक संचालन गर्ने र प्रतिपक्षीले अवरोध गरे सदनबाटै स्थगित गर्ने मनस्थिति बनाएको प्रदेश सभा सचिवालय स्रोतले जानकारी दिएको छ ।
सचिवालयका सचिव रामसिंह धामीले बुधबार कार्यालय समय सकिदा सम्म सदन स्थगित गर्ने बारे सभामुखको कुनै निर्देशन नआएको बताए ।
सदनको अवरोध हटाउने बिषयमा सरकार र प्रतिपक्षीबीच भएको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले जनु बिषय उठाएर सदन अवरुद्ध गरिएको छ, त्यसमा प्रष्ट दृष्टिकोण आउनुपर्ने माग गरेपछि कुनै निष्कर्ष निस्कन सकेन ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा डेढ घण्टा सम्म भएको छलफलमा सत्तापक्षले आफ्नो मागबारे स्पष्ट दृष्टिकोण दिन नसकेको र यस्तै स्थितिमा सदन सञ्चालन हुन नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले बताए । बजेटमा सुदूरपश्चिमका जनतालाई ढा“टिएको र अपारदर्शी रुपमा ठूलो रकम बिनियोजन गरिएको सन्दर्भमा जवाफ माग्दा सरकार सित कुनै तर्क नभएको उनको भनाई छ ।
सांसद खड्काले प्रदेश सरकारले प्रतिपक्षीसित सदन सञ्चालनका लागि वार्ता गर्न खटाएका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा गत बर्ष नै प्रतिपक्षीसितको वार्तामा असफल भएका पात्र भएको बताए । उनले बर्तमान बजेटले सुदूरपश्चिममा सम्बृद्धि ल्याउने नभई भ्रष्टाचार बढाउने भएका कारण आफुहरूले विरोध गरेको बताए ।
लगातार प्रतिपक्षीसित वार्तामा रहेका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रतिपक्षीसित सदन सञ्चालन गर्ने विषयमा भइरहेको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । मन्त्रीबोहराले प्रतिपक्ष सहमतिमा आउने गरी छलफलको प्रयास भइरहेको बताउ“दै सहमति नभएपनि सदन चल्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । उनले प्रतिपक्षीको रचनात्मक सुझाव आफुले ग्रहण गर्ने बताउ“दै सदनमा विरोध गर्नु प्रतिपक्षीको राजनीतिक अधिकार भएको बताए ।
बजेटमा कार्यक्रमहरू संशोधन हुनुपर्ने अनि मात्रै सदन चल्ने दिने प्रतिपक्षी सांसदहरूको अडान छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार