१० श्रावण २०८१, बिहीबार

ट्याक्टर पल्टिदा ३ विद्यार्थीको मृत्यु, ४ घाईते



धनगढी । अछामको चौरपाटी गाउपालिका–२ मा ट्याक्टर पल्टिदा तीन विद्यार्थीको ज्यान गएको छ भने चार घाईते भएका छन् । वडा नम्बर २ सोकटको मुल्लीकोलगैरा भन्ने ठाउमा से १ त ७८३९ नम्बरको ट्रेक्टर पल्टिदा रमेश साउद, लक्ष्मी साउद र नाम नखुकेका एक विद्यार्थीको ज्यान गएको हो ।
स्थानीय जगत साउदले दिएको जानकारी अनुसार उत्तम साउद, लक्ष्मी साउद, मान बहादुर भुल र सरस्वती साउद गम्भीर घाईते छन् । मृतक र घाईते सबै स्थानीय दशपल्ले मावि सोकटमा अध्ययनरत छात्र छात्रा रहेको बुझिएको छ । घाईतेलाई उपचारका लागि चौरपाटी लगिएको साउदले जानकारी दिए ।
वडा नम्वर ३ डुग्रीबाट वालुवा लिन वडा नम्वर २ तर्फ आउदै गरेको ट्याक्टरको अगाडीको भाग पल्टिदा च्यापिएर ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टरमा ३०–४० विद्यार्थी चढेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार