१० श्रावण २०८१, बिहीबार

वीपी समृति भवनको शिलान्यास



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १, लक्ष्मीनगरमा निर्माण भइरहेको वीपी स्मृति सामुदायिक भवनको सोमबार शिलान्यास गरिएको छ ।

सो सामुदायिक भवनको एक संक्षिप्त समारोहबीच सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले शिलान्यास गरे। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण हुने वीपी स्मृति सामुदायिक भवन बहुउद्देश्यीय हुने जनाइएको छ ।
प्रदेश सभा सदस्य पन्तले भवन निर्माणका लागि आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तरगत चालु आर्थिक वर्ष २०७५/२०७६ को बजेटबाट ४० लाख रुपैया बजेट छुट्याएका छन् । पन्त कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट नेपाली का“ग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
निर्माणाधिन भवनको शिलान्यास गर्दै प्रदेश सभा सदस्य पन्तले नेपालको ऐतिहासिक ब्यक्तित्व महामानव वीपी कोइरालाको नामबाट भवन बनाउनका लागि आफूले केहि बजेट छुट्याउन पाउ“दा खुशी लागेको बताए ।
उनले भवन सामुदायिक र बहुउद्देश्यीय हुने भएकोले सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउ“दै आउ“दो आर्थिक वर्षमा पनि आफूले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताए ।
सांसद पन्तले बहुउद्देश्यीय सो भवन स्थानीय बासिन्दाका लागि गौरबको विषय भएको चर्चा गरे ।
भवन शिलान्यास कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवन निर्माणका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउ“दै भवन निर्माणमा गुणस्तर लगायत अन्य कुरामा विशेष ध्यान दिन निर्माण पक्षलाई आग्रह गरे ।
अहिले निर्माण हुन लागेको भवनका लागि २८ वर्षअघि वीपी स्मृति केन्द्रका नाममा धनगढीका समाजसेवी स्वर्गीय अर्जुनप्रसाद सिटौलाले निःशुल्क रुपमा डेढ कट्ठा जग्गा उपलब्ध गराएका थिए ।
निर्माणाधिन भवनको नक्सा बनाउने लगायतका काम सकेर जग खन्ने र सोलिङ गर्ने काम भइरहेको वीपी स्मृति केन्द्रका अध्यक्ष मनमोहन स्वा“रले बताए । स्थानीय उपभोक्तामार्फत निर्माण हुन लागेको यो भवनको भुइतला मात्रै झण्डै दुई हजार चार सय बर्ग फिट रहेको छ भने भवन चारतले हुने अध्यक्ष स्वा“रले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, निर्माण उपभोक्ता समितिका पदाधिकारी, संस्थाका पदाधीकारी, स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन उपमहानगरपालिका वडा नम्बर १ का सदस्य सुवास चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार