१० श्रावण २०८१, बिहीबार

हावाहुरी पीडितलाई राहत वितरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का हावाहुरी पीडितलाई राहत रकम वितरण गरिएको छ ।

फाया नेपालले बिहीबार वडा नम्बर १० का एक सय ५० परिवारलाई प्रति परिवार दुई हजार पाँच सयका दरले राहत वितरण गरेको जनाएको छ । धनगढी उपमहानगरपालिकाले हावाहुरीबाट पूर्ण रुपमा घर क्षति भएका परिवारलाई छ हजार तथा आंशिक रुपमा क्षति भएका परिवारलाई तीन हजार र पशुपंक्षी र ब्यावसायिक खेती क्षती भएका परिवारलाईं तीन÷तीन हजार रुपैयाका दरले आर्थिक राहत सहयोग गर्ने घोषणा गरेको थियो । फाया नेपालले प्रत्येक परिवारलाई दुई हजार पा“च सय रुपैयाका दरले राहत वितरण गरेको र बा“की रकम धनगढी उपमहानगरपालिकाले उपलब्ध गराउने जनाइएको छ ।
राहत वितरण कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गरेका थिए । वडा कार्यालयको सो वडामा हावाहुरीबाट एक सय ५० घरपरिवारको क्षती भएको तथ्यांकका आधारमा सो राहत रकम वितरण गरिएको फाया नेपालका निर्देशक धर्मराज पाठकले बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख वडले उपमहानगरपालिकामा हावाहुरीबाट भएको क्षतीको विवरण संकलन भइसकेकोले चाढै नै राहत वितरण गरिने बताए ।
वडाध्यक्ष राजेन्द्र रानाले हावाहुरीको क्षतीको तथ्यांक संकलन गरेर पठाइसकेको भए पनि अहिलेसम्म राहत रकम उपलब्ध नभएको गुनासो गरे । गत जेठ २३ गते राती आएको बिनाशकारी हावाहुरीका कारण कैलालीमा दुई जनाको ज्यान गएको थियो । एक सय बढी घाइते भएका थिए । निकै ठूलो संख्यामा घर भत्किएका थिए । केराखेती नराम्ररी क्षतीग्रस्त भएको थियो भने कुखुरापालन व्यवसाय चौपट भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई डेढ लाख, घर पूर्ण रुपमा क्षति भएका परिवारलाई २० हजार र आशिंक घर क्षती भएकालाई १० हजार रुपैया राहत रकम प्रदान गर्ने निर्णय गरेको भए पनि अझै कार्यान्वयन नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार