३ जेष्ठ २०८१, बिहीबार

सिकलसेल दिवस मनाइयो



धनगढी । विश्व सिकलसेल दिवस कैलालीमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
‘निःशूल्क निदान, निःशूल्क औषधी, निःशूल्क रगत’ भन्ने नारासहित सिकलसेल नेपालको आयोजनामा दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको हो ।
सिकलसेल रोगको प्रस्तुतिकरण, नाटक, नाचगान, रक्तदान, अन्तक्र्रिया, सिकलसेल सम्बन्धी जनचेतना लगायतका कार्यक्रम गरिएको थियो ।
दिवसको सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले उद्घाटन गरे ।
कन्सल्टेन्ट फिजिसियन डाक्टर सुभेशराज कायस्थले सिकलसेल एनेमियाको संक्रमण भएपछि विरामिको हात खुट्टा लगायत शरिरका हड्डीहरू दुख्ने, रक्त अल्पत्ता, जण्डिस लगायतका लक्षण देखापर्ने बताए ।
कार्यक्रममा सेती अञ्चल अस्पताल सामाजिक विकास इकाई संयोजक गौरिदत्त जोशी, पिताम्वर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सिकलसेलका विरामी वढदै गएपछि सरकारले सेती अञ्चल अस्पताल र घोडाघोडी अस्पताललाइ हाल सिकलसेलको रेफरल अस्पतालको रुपमा घोषणा गरी विपन्न समुदायका बिरामीलाई उपचारका लागि प्रति बिरामी एक लाख रुपैया सहुलियत उपलब्ध गराएको छ ।
संयोजक सुरेश कठरियाको अध्यक्षतामा भएको कार्यक्रममा भीम कुश्मीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार