१० श्रावण २०८१, बिहीबार

मोटरसाईकल दुर्घटनामा परी वडा अध्यक्षको मृत्यु



बैतडी । बैतडीमा मोटरसाईकल दुर्घटनामा परी वडाअध्यक्षको मृत्यु भएको छ।

जिल्लाको पुर्चौडी नगरपालिकाका -४ का अध्यक्ष गौतम प्रसाद भट्टको मोटरसाईल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा भएको दुर्घटनामा परी गम्भीर घाईते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो।

उनको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार