१० श्रावण २०८१, बिहीबार

हावाहुरीपीडितलाई जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब दिने



धनगढी । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरूले हावाहुरी पीडितलाई एक दिन बराबरको पारिश्रमिक÷तलब दिने निर्णय गरेका छन् ।


उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार उपमहानगरपालिकाका तीन सय हाराहारीमा रहेका जनप्रतिनिधी र कर्मचारीहरूको एक दिनको पारिश्रमिक÷तलब रकम अढाई लाख रुपैया हुन्छ ।
उपमहानगरपालिकाले यसअघि बिहीबार हावाहुरीबाट पीडित तथा प्रभावित परिवारलाई आर्थिक राहत दिने निर्णय गरेको छ । त्यस्तै, हावाहुरीका कारण घाइते भएकाहरूको निःशुल्क उपचार तथा पूर्णरुपमा घर क्षति भएका घरकी ९० दिनकी सुत्केरीलाई एक हजार पा“च सय रुपैयाँ सहयोगको निर्णय गरिएको छ ।

यसैगरी, राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई तत्काल राहत दिन माग गरेको छ ।
राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष नन्दराज भट्टद्वारा शुक्रबँर जारी प्रेस विज्ञप्तीमा ‘हावाहुरी आएको एक सँताबाढी भइसक्दा पनि स्थानीय, प्रदेश तथा संघिय सरकारले कुनै पनि राहत उपलब्ध गराउन नसकेकाले पीडितले थप कष्ट भोग्नु परिराखेको” उल्लेख छ ।
‘प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेलाई उचित क्षतिपूर्ति, घाइतेको स्वास्थ्य उपचार र हावाहुरी पीडितको एकिन पहिचान गरी उचित राहत उपलब्ध गराउन सबै तहका सरकारसित माग गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार