१० श्रावण २०८१, बिहीबार

भारतमा चोरी गर्ने चार जना पक्राउ



धनगढी । कैलाली प्रहरीले भारतको पञ्जाब लुधियानाबाट सुनका गरगहना तथा नगद चोरी गर्ने समुहलाई पक्राउ गरेको छ ।
एक महिनाअघि भारतको लुधियानाको गुरुदेवनगरस्थित नन्द किशोरको घरबाट नगद तथा सुनका गरगहना चोरी गर्ने गिरोहलाई कैलालीका विभिन्न स्थानबाट पक्राउ गरि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

चोरीमा संलग्न रहेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ का ३८ वर्षीय मानबहादुर कार्की, वडा नम्बर ५ का ४३ वर्षीय सन्तोष भट्टराई, कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ८ का २१ वर्षीय कुमार भुल र गोदावरी नगरपालिका वडा नम्बर ७ का २८ वर्षीय योगेन्द्र विकलाई पक्राउ गरेको थियो ।
पुनम मल्होतराले सिसिटिभी फुटेजसहित कैलाली प्रहरी कार्यालयमा चार जनाविरुद्ध उजुरी दिएकी थिइन् । कैलाली जिल्ला प्रहरी प्रमुख एसपी सुदीप गिरीले भने– चार जना विरुद्ध उनीहरूको फोटोसहितको उजुरी आएको थियो । मानबहादुर पक्राउ परेपछि अरुलाई पक्राउ गर्न सफल भयौं ।
प्रहरी उपरीक्षक गिरीका अनुसार मानबहादुर सहितका अभियुक्तहरूबारे अनुसन्धानका क्रममा “यो गिरोह भारतका अन्य ठाउ“मा भएका चोरी घटनामा समेत संलग्न रहेको पाइएको’ छ । एसपी गिरीले चोर गिरोहका अन्य सदस्यहरूो पनि खोजी भइरहेको बताए ।
प्रहरीले अभियुक्तहरूसंग अमेरिकी डलर, भारतीय तथा नेपाली नोट, सुन तथा सुनका गरगहना बरामद गरेको छ । प्रहरीले उनीहरूसंग एक लाख ४७ हजार पा“च सय भारतीय रुपैया, ९२ हजार पा“च सय नेपाली रुपैया, एक सय ३० अमेरिकी डलर तथा पा“च सय हंगेरी मुद्रा बरामद गरेको जनाएको छ ।
त्यस्तै, उनीहरूसंग २७ ग्राम पा“च सय ३० मिलिग्राम सुनको सिक्री, आठ ग्राम ८० मिलिग्राम सुनको औठी, एक ग्राम चार सय मिलिग्राम सुनको टुक्रा, सुनको हार, बाला ठुलो दुई थान र सानो बाला छ थान, चुरामा लगाएको सुनको वाला दुई, सिक्का पा“च थान, कानमा लगाउने टप एक जोडी, तथा सिक्री एक थान बरामद गरेको छ ।
पीडित मल्होतराले छोरीको विवाहका लागि जम्मा गरेको सम्पूर्ण गरगहना र नगद चोरी भएको बताइन् । उनले भनिन्– विश्वास गरेर काममा राखेका यिनीहरूले योजनाबद्ध ढंगले घरको ढोका तथा लकर तोडेर नगद र गरगहना चोरेछन् ।
जिल्ला प्रहरी प्रमुख गिरीले यो समुहले भारतमा घरमा काम गर्न एकअर्कालाई पठाउने र घरमा सम्पति राखेको स्थान पहिचान गरि चोर्ने योजना बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनले चोर गिरोहमा महिला सदस्य समेत रहेको पाइएकोे बताए । चोर गिरोहले घरमा काम गर्ने कामदारलाई लागू पदार्थ खुवाएर लठ्ठ बनाउने तथा घरमा चोरी गरेर प्रायः भारतको लखिमपुर हुदै कञ्चनपुरको पुनर्वास प्रवेश गर्ने गरेको पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार