१० श्रावण २०८१, बिहीबार

सुत्केरीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा प्रदर्शन



धनगढी । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन् ।


जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लडिङ’ नरोकिएपछि मृत्यु भएकोे थियो ।
शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएकी बताइएको छ । लगातार ब्लडिङ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ट रगत दिए पनि बचाउन नसकिएको स्वाथ्यकर्मीले बताए । नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ । उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन् । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ ।
प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो । उनीहरुले बिरामीको अवस्था गम्भीर हु“दासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार