३ जेष्ठ २०८१, बिहीबार

प्रादेशिक स्वास्थ्य प्रबर्ध्दन रणनीति निर्माण कार्यशाला शुरु



धनगढी । दीगो विकास लक्ष्य २०३० प्राप्तिका लागि प्रादेशिक स्वास्थ्य प्रबद्र्धन रणनीति निर्माण कार्यशाला बुधबार धनगढीमा शुरु भएको छ ।


सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सो कार्यशालाले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रको प्रबद्र्धनका रणनीति बनाउन विभिन्न सुझाव दिंदै बिहिबार सम्पन्न हुने छ । सामाजिक विकास मन्त्रालयको सचिव गोगनबहादुर हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा  सुदूरपश्चिम प्रदेशका प्रदेश सांसद्, स्थानीय सरकार जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रका विज्ञहरुको सहभागिता छ ।
कार्यशालामा स्वास्थ्य शिक्षा विज्ञ डा. चेतराज पन्त, पोखरा विश्वविद्यालयका प्राध्यापक डा. तुल्सीराम भण्डारीले स्वास्थ्यका समस्या, चूनौति र सम्भावनाहरुबारे प्रस्तुती गरेका छन् ।

मन्त्रालयका उपसचिव झंकरबहादुर विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन सूचना अधिकारी हेमराज खडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार