१० श्रावण २०८१, बिहीबार

आयुर्वेद प्रतिष्ठान स्थापना विधेयक टेबुल



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७६ टेबुल भएको छ ।

प्रदेश सभा सचिवालयमा दर्ता भएपछि कुनै पनि प्रदेश सभा सदस्यले बिरोधको सूचना दर्ता नगरेपछि विधेयक आइतबार सभामा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले टेबुल गरका हुन् । विश्वविद्यालय स्तरको मान्यता पाउने गरी प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान गठन गर्न विधेयक प्रस्तुत गरेको सामाजिक विकास मन्त्री सुवेदीले बताए । मन्त्री सुवेदीले सुदूरपश्चिममा जडिबुटीको ब्यापाक सम्भावना रहेकोले आयुर्वेद प्रतिष्ठान स्थापना गरी त्यसै विषयमा पढाई गर्ने उद्देश्यले प्रदेश सरकारले विधेयक पेश गरेको बताए ।
यस्तै मन्त्री सुवेदीले प्रदेश सरकारका तर्फबाट आइतबारको प्रदेश सभाको बैठकमा प्रदेश लोक सेवा आयोग सम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस भनि प्रस्ताव प्रस्तुत गरे । विधेयक माथि कुनै पनि प्रदेश सासंदको संशोधनको प्रस्ताव नआएकोले सो विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार