१० श्रावण २०८१, बिहीबार

विद्याुत सेवा आपूर्तिमा समस्या



बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा शनिबार बेलुकादेखि विद्युत सेवा नहु“दा समस्या भएको छ । बैतडी, दार्चुला, बझाङ, डडेल्धुरामा विद्युत सेवा नहुँदा  नागरिक समस्यामा परेका छन् । शनिबार बेलुका आएको हावाहुरीले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरामा विद्युतका खम्बा ढल्नुका साथै तारहरु चुडिएका छन् । हावाहुरीले १३२ केभी, ३३ केभी र ११ केभी प्रसारण लाइनमा क्षती पुगेको छ ।


विद्युत सेवा नहु“दा सञ्चारविहीन हुनुपरेको बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडौंका दिपेन्द्र बोहराले बताए । विद्युत नहु“दा मोवाइल अफ भएपछि चार्ज गर्न नपाउदा सञ्चारविहीन हुनु परेको उनको भनाई छ । यस्तै विद्युत नहु“दा विद्युतिय सञ्चारमाध्यम पनि बन्द रहेका छन् । विद्युतवाट सञ्चालित मिल कम्प्युटर लगायतका मेसिनहरु सञ्चालनमा आउन सकेका छैनन् ।
विद्युत नहु“दा डडेल्धुरा सदरमुकाममा सञ्चालित ४ वटै एफएम स्टेशनको प्रसारण रोकिएको स्थानीयले जानकारी दिए । रेडियो प्रसारणको लागि आवश्यक पर्ने विद्युत आपूर्ति हुन नसक्दा आइतबार मध्यान्हवाट रेडियोका प्रसारण पनि रोकिएका उनले बताए ।
दार्चुलामा पनि विद्युत सेवा नहु“दा समस्या भएको स्थानीयले जानकारी दिएका छन् । बझाङमा पनि विद्युत सेवा नहु“दा विद्युतबाट सञ्चालित मेसिनहरू सञ्चालनमा समस्या भएको छ । बझाङमा सामान्य वर्षा र हावाहुरी चल्दा सधै विद्युत नआउने गरेको स्थानीयले बताए ।
यसैबीच सुदूरपश्चिमका तराई दुई जिल्ला कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेका बेला विद्युत सेवा अनियमित हुने गरेको स्थानीयले बताएका छन् । यता नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले हावाहुरीले विद्युतका खम्वा तथा तारमा क्षति पुगेकोले मर्मतको कार्य जारी रहेको जनाएको छ ।
विद्युत सेवा पुस्न सञ्चालनको लागी बिहानैदेखि प्राविधिक खटिएका नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका प्रशासन प्रमुख गोपाल ओझाले बताए । अत्तरिया सव स्टेशनमा लोड बढी भएकाले पनि विद्युत अनियमित भइरहेको छ । उनले भने, ‘समस्या समाधानको लागी प्राविधिक टोली खटिएको छ । सा“झसम्म समाधान हुन्छ होला ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार