१० श्रावण २०८१, बिहीबार

मेयरद्धारा नगरविकासको पदभार ग्रहण



धनगढी । धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढी नगर विकास समिति धनगढीको पदभार ग्रहण गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बिच नगर प्रमुख वडले अध्यक्षको पदभार ग्रहण गरेका हुन । अव नगर विकास समितिको रेखदेख र नियमन गर्ने जिम्मेवारी नगर प्रमुखको काँधमा आएको छ । त्यसैगरी नगर विकास समितिको प्रशासनिक जिम्मेवारी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको काँधमा परेको छ ।
धनगढी नगर विकास समितिको पदभार ग्रहण गर्दै नगर प्रमुख वडले सबैभन्दा पहिले यस अघिका समितिहरुले गरेका निर्णयहरु हेर्ने र सम्भव निर्णयहरुलाई कार्यान्वयन गरिने बताए । भूमि व्यवस्थापन सम्वन्धी कानुन चाँडो ल्याउन प्रदेश सरकारसंग अनुरोध गर्ने छौं नगर प्रमुख वडले भने, ‘त्यसपछि नगरको भूमीको व्यवस्थापन गर्ने छौं ।’
धनगढी नगर विकास समितिको पहिलो बैठकले मिति २०७५ चैत १९ को खण्ड ६८ अतिरिक्ताङ्क ३७, राजपत्र भाग दुई अनुसार समिति पूर्ण बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार