१० श्रावण २०८१, बिहीबार

देवानी तथा फौजदारी संहिता सञ्चारकर्मीलाई जानकारी



धनगढी । सञ्चारकर्मीहरुलाई देवानी तथा फौजदारी संहितामा रहेका प्रावधानहरुको बारेमा जानकारी गराइएको छ ।
ओरेक कैलालीको आयोजना तथा क्रियाशील पत्रकार महिलाको सहकार्यमा बिहिबार धनगढीमा सञ्चारकर्मीहरुलाई सो जानकारी दिइएको हो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुलाई अधिवक्ता डा. जानकी तुलाधरले २०७५ भदौ १ देखि मुलुकमा लागु भएको देवानी र फौजादरी संहितामा भएका प्रावधानको जानकारी दिएकी थिइन् । उनले संहिताको व्यवख्या गर्दै केहि प्रावधानहरु अझै लैंगिक विभेदकारी रहेको भन्दै सच्याउन आवश्यक रहेको बताइन् । यद्दपि, सहितामा धेरै विषयहरु सुधार भएर आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार